PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

इरानी महिलाले किन जलाउँदैछन् आफैले लगाएको हिजाव ?



इरानी महिलाले किन जलाउँदैछन् आफैले लगाएको हिजाव ?
Photo : Twitter / BBC

इरानमा पछिल्लो केहीदिन यता हिंसात्मक प्रदर्शन भइरहेको छ। पाँचदिन देखि विभिन्न शहरहरुमा प्रदर्शनकारीहरुले सरकारको विरोध गरिरहेका छन्। विरोधका क्रममा महिलाहरुले आफूले लगाएको हिजाब जलाएका छन्।

तीन दिन कोमामा बसेर गत शुक्रवार महशा अमिनिको निधन भएपछि प्रदर्शन भएको हो। गत साता उनलाई इरानको 'मोरालिटी पुलिस'ले पक्राउ गरेको थियो। हिजाबले कपाल छोप्नु पर्ने कानुन उल्लंघन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले 'डिटेन्सन सेन्टर' पुर्‍याए लगत्तै उनी बेहोस भएकी थिइन्। त्यसपछि उनी कोमामा पुगेकी थिइन्।  

प्रहरीले अमिनिको टाउकोमा लाठीले प्रहार गरेको र गाडीमा ठोक्काएको संयुक्त राष्ट्रसंघको कार्यवाहक मानवअधिकार कमिस्नर नडा अल नशिफले जनाएकी छिन्। तर, प्रहरीले भने सो दाबी अस्वीकार गरेको छ। प्रहरीदे ह्द्यघातका कारण उनको निधन भएको जनाएको छ। अमिनिको परिवारले भने उनी स्वास्थ रहेको जनाएको छ।

प्रदर्शन गर्नेमा महिलासहित पुरुषहरु पनि छन्। महिलाहरुले हिजाब जलाउँदे इरानी सरकारको विरोध गरिरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell