PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

सरकार होस् त अहिलेको जस्तो!



रवीन्द्र मानन्धर

सरकार होस् त अहिलेको जस्तो!

डेङ्गी संक्रमणदर बढ्दो छ तर यो नियन्त्रणका लागि सरकारको कुनै चासो छैन। पहिले सहरमा फैलिएको डेङ्गी बिस्तारै गाउँतिर फैलिँदो छ। अस्पतालहरु भरिएर शय्या नपाउने स्थिति सिर्जना भइसकेको छ। तर सरकारले महामारीको रुप लिएको डेङ्गी संक्रमण नियन्त्रणका लागि न त कुनै तयारी गरेको छ न त बनाएको छ कुनै योजना नै।

सरकार केवल चुनावमा कसलाई कुन ठाउँमा उठाउने, आफ्नो मान्छेलाई कसरी जिताउने भन्दै सिट बाँडफाँटको उल्झनमै अल्झेको छ दैनिक। बालुवाटारमा पुग्यो, सिट बाँडफाँडको क्याल्कुलेटर थिच्यो, बस्यो। सरकारको ताल देखेर सायद लामखुट्टे पनि भन्दा होलान् : क्या मज्जा, सरकार होस् त यस्तो!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell