PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

धनुषा पुगेका ओलीले गठबन्धनका नेतामाथि लगाए आरोपै आरोप, सरकारकै कारण नागरिकता विधेयक प्रमाणीकरण भएन



सुमित मिश्र

धनुषा पुगेका ओलीले गठबन्धनका नेतामाथि लगाए आरोपै आरोप, सरकारकै कारण नागरिकता विधेयक प्रमाणीकरण भएन

जनकरपुधामः नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मधेसमा गरेको विकास हेरेर सत्ता गठबन्धन्का नेताहरु आत्तिएको दाबी गरेका छन्।

ओलीले सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप पनि लगाए।

‘मधेस आन्दोलन ताका कांग्रेस र माओवादी मिलेर सप्तरीमा आफूहरू पुगेका बेला त्यहाँका जनताको हत्या गरेको र एमालेविरुद्ध मधेसमा फैलाइएका भ्रम अब मधेसकै जनता र जनप्रतिनिधिहरूले तोड्ने छन्।’

धनुषाको विदेह नगरपालिका तिनकोरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले एमालेलाई मधेसको पहिलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने दाबी पनि गरे।

अध्यक्ष ओलीले मधेसबाट निर्वाचित ७ सांसदसहित १ लाखभन्दा बढी एमालेमा प्रवेश गरेका दाबी गरे।

गठबन्धन सरकारको अहंकारकै कारण नागरिकता विधेयक प्रमाणीकरण नभएको ओलीले जिकिर गरे।

ओलीले भने ‘राष्ट्रपतिज्यूले विधेयकमा विचार गर्न भन्नुभएको थियो। त्यस सम्बन्धमा संसदमा कुनै छलफल नै नगरी जस्ताको त्यस्तै आफ्नो अहंकार देखाउँदै पुनः राष्ट्रपति कहाँ पठाउँदा प्रमाणीकरण हुन सकेन।’

विधेयक प्रमाणीकरण नभएको दोष गठबन्धन सरकारले लिनुपर्ने ओलीले बताए।

जन्मसिद्धका सन्तानले नागरिकता पाउनुपर्छ भन्नेमा सुरुदेखिनै आफू प्रयासरत रहेको ओलीले दाबी गरे। आफू प्रधानमन्त्री हुँदा ल्याएको विधेयकमा वर्तमान गठबन्धनले संसदमा छलफल समेत गर्न नमानेको ओलीको आरोप छ। अध्यादेश ल्याएर नागरिकता समस्या समाधान गर्न खोजे पनि गठबन्धनका नेताहरुको सक्रियतामा सर्वोच्चमा मुद्धा हालेर रोकेको आरोप ओलीले लगाए। नागरिकताविहीन नागरिकका समस्यामा सर्वोच्च समेत उदार नभएको बताएर।

आउँदो चुनावपछि एमालेको सरकार बनेमा एक महिनाभित्रै  कानुन बनाएर नागरिकता समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell