PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

जनकपुरधाममा यस्तो देखियो दशैँको रमझम

जनकपुरधाममा यस्तो देखियो दशैँको रमझम

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : बडा दशैँ आजबाट शुरु भएको छ। दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित शक्ति पीठहरुहरुमा घटस्थापना गरिएको छ।

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छ। कोरोना संक्रमणको त्रासका कारण पछिल्ला वर्षहरुमा मन्दिर पुग्न छाडेका भक्तजनहरुको घुइँचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ।

राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरु पूजा आरधनाका लागि पुगेका छन्। यता जनकपुरधामको राजदेवी मन्दिरमा नवरात्री पूजाका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ।

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई दुलही झै सिँगारीएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell