लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि वैकल्पिक शक्तिको निर्माणमा लागेका दुई पात्र हुन् डा बाबुराम भट्टराई र रवीन्द्र मिश्र। तर यी दुई आफूले स्थापना गरेको वैकल्पिक बाटो छाडेर मुल बाटोतिरै लागेका छन्।
माओवादी छाडेर नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टी लागेका बाबुराम माओवादी हिँडेकै बाटोतिर छन् भने विवेकशील साझा छाडेर मिश्र राप्रपातिर लागेका छन्। प्रवृत्ति एकै बोकेपछि दुबैलाई उस्तै भन्न जनताले बाँकी राखेनन्। यो तर्क लागेछ बाबुरामको नाकैमा। एउटा कार्यक्रममा उनले प्रश्नै तेर्स्याए - यो त गुड (सख्खर) र गोबर हेर्दा त उस्तै उस्तै हुन्छ, तर आधार त केही मिल्दैन, उस्तै उस्तै भन्न मिल्छ? तर सर्वसाधारण सोध्दैछन् : त्यसो भए सख्खर को, गोबर को?