PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

उच्च सतर्कता अपनाउन महाशाखाको अलर्ट, कहाँ कहाँ छ बाढीको सम्भावना?



 उच्च सतर्कता अपनाउन महाशाखाको अलर्ट, कहाँ कहाँ छ बाढीको सम्भावना?

काठमाडौं : विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने जनाएको छ। त्यसैले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

'पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने, सतर्कता आसपास पुग्न सक्ने, तटीय क्षेत्र र डुवान हुने होचा स्थानमा १२ बजे सम्म उच्च सतर्कता अपनाऔ,' बुधवार बिहान जारी सूचनामा भनिएको छ।

यसैगरी प्यूठान, दाङ, बाँके जिल्ला भई बहने अधिकांश साना खहरे खोलामा आकस्मिक बाढीको उच्च सम्भावना, दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell