काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसैंको टीका आफ्ना बुवा मोहनप्रसाद ओलीबाट ग्रहण गरेका छन्। दसैंका लागि तीन दिन अघि झापाको दमक पुगेका ओलीले आफ्नो निवासमा बुवाको हातबाट टीका ग्रहण गरेका हुन्।
लगत्तै ओलीले त्यहाँ सर्वसाधारण र शुभेच्छुकलाई टीका लगाइदिएका थिए। ओली आजै काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ। काठमाडौंमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले दिउँसो ३ बजेसम्म विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिने कार्यक्रम रहेको छ।