PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

फेरि हेलिकप्टरबाट खस्‍नुभयो कि क्या हो?



रवीन्द्र मानन्धर

फेरि हेलिकप्टरबाट खस्‍नुभयो कि क्या हो?

नेकपा एमालेका अध्यक्ष केपी ओलीमा ज्ञानको भण्डार छ। उनले नजानेको विषय केही छैन। शास्त्रदेखि विज्ञानसम्म उनी अनेक जानकारी राख्छन्। यसपाला दसैंमा भने उनको पोडकास्ट निक्कै चर्चित बन्यो। जनताले र उनकै कार्यकर्ताले समेत थाहा नपाएको कुरा उनले सुनाए। तपाईँले पनि सुन्नु भएकै होला - उनी हेलिकप्टर दुर्घटनमा पर्दा ५ हजार मिटरबाट तल झरे पनि बाँचे। झापाबाट खोलामा बगेर इन्डिया पुग्दा पनि बाँचे। बस पल्टिँदा पनि उनलाई कतै चोट लागेन। 

आम्ममा! ५ हजार मिटरमाथिबाट खस्दा पनि सकुशल हुने कुरो चानचुने हो त? यस्तो ठूलो घटना थहा नपाउने जनता चाहिँ त्यतिखेर के गरिरहेका थिए होलान्? अनि कानकै छेउबाट गोली चल्दा अरु चाहिँ के गरिरहेका थिए होलान्? ओलीले भने - हामी पत्याइदिउँ। के जान्छ र? कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell