
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। यो निर्वाचनमा पनि अधिंकाश पुरानै अनुहार दोहोरिँदैछन्। युवाहरुलाई मौका नदिएको भन्दै पाका नेताहरुको आलोचना भइरहेको छ। धेरै निर्वाचन क्षेत्रमा बुढा नेताहरुलाई तन्नेरी युवायुवतीहरुले चुनौती दिइरहेका छन्।
मतदाताहरु युवा खोजिरहँदा पाका नेताहरु आफैलाई तन्नेरी देखाउन खोजिरहेका छन्।