
निर्वाचन नजिकिएसँगै नेताहरुले घरदैलो थालेका छन्। चुनावी नारा र आफ्नो क्षेत्रमा गरिने विकासको फेहरिस्त प्रस्तुत गर्नु नेताहरुको नियमितता नै हो।
मतदातालाई क्षणमै फकाउने र खुसी बनाउने 'ट्रिक्स' नेपाली नेताहरुमा प्रशस्तै हुन्छ नै। चुनाव जितेपछि ती वाचा बाँडिएको पर्चा उडेर हराए झैं हराउँछ।
दोहोरिएर मैदानमा फर्किएकाहरुले अघिल्लो चुनावअघि गरेका वाचा कतिको पुरा गरेका छन् कुन्नि? मतदाताले त्यसको लेखाजोखा त अवश्य गर्ला नै।