PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेताजी बल्ल पाल्नु भो, भुँडी हल्लाउँदै भोट माग्न आउनु भो ...



रवीन्द्र मानन्धर

नेताजी बल्ल पाल्नु भो, भुँडी हल्लाउँदै भोट माग्न आउनु भो ...

नेताहरुलाई चुनाव लागेको छ। शहर छाडेर गाउँघर पुगेका छन् ब्यालेटमा मत जुटाउन उनीहरु। तर, पाँचवर्षमा एकपटक जनताको घरदैलो पुगिरहेका नेताहरुले मतदातालाई आफ्नो मुख कसरी देखाउँदै होलान् ? मतदाताले चाहेको विकास र समृद्धीभन्दा कुर्सी तानातानमै समय खर्चिएका थिए नेताहरुले पछिल्लो पाँच वर्ष।

अहिले तिनै नेताहरु घर घर पुग्दा जनताले प्रश्ज सोध्ने नै छन्। ९ वर्ष अघि ज्वाइन्ट फेमिलीले 'नेताजी'हरुप्रति व्यङ्ग्य गर्दै गीत निकालेको थियो। त्यो गीत अहिले पनि सान्दर्भिक छ।

'ओहो नेताजी बल्ल पाल्नु भो, भुँडी हल्लाउँदै सत्ता ढाल्नु भो

हात उठाउँदै गफ लडाउनु भो, सोझो जनतालाई झुक्याउनु भो

नेताजी..

आफ्नो जीवनकालमा के गर्नु भो?, पैसै पैसाले घर ठड्याउनु भो नेताजी

सल्लाह मात्र गर्छन्, काम गर्न छाडेर आफै लड्छन्

नेताजी…  हाम्रो नेताजी…'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell