PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रभासको फिल्म 'आदिपुरुष' को प्रदर्शन मिति सर्‍यो, सन् २०२३ को १६ जुनमा रिलिज हुने



प्रभासको फिल्म 'आदिपुरुष' को प्रदर्शन मिति सर्‍यो, सन् २०२३ को १६ जुनमा रिलिज हुने

अभिनेता प्रभासको फिल्म 'आदिपुरुष' को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म आगामी १६ जुन सन् २०२३ मा रिलिज हुने तय भएको हो।

निर्देशक ओम राउतले ट्विटरमार्फत फिल्मको नयाँ मितिबारे जानकारी दिएका छन्। फिल्मको निर्माणमा केही समय लाग्ने भएको कारण मिति सारिएको राउतले उल्लेख गरेका छन्।

यसअघि यो फिल्म आगामी १२ जनवरी सन् २०२३ मा रिलिज हुने भनिएको थियो। तर तोकिएको मिति स्थगित गरेर फिल्मको नयाँ रिलिज डेट तोकिएको हो।

रामायणमा आधारित 'आदिपुरुष' ५०० करोड लगानीमा निर्माण भएको हो। टी-सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको यो फिल्म थ्रिडी प्रविधिमा निर्माण भएको हो। साथै, यस फिल्मलाई बलिउडकै धेरै भीएफएक्स भएको फिल्मको रुपमा दाबी गरिएको छ।यस फिल्ममा प्रभासका साथै सैफ अली खान र कृति सेनन मुख्य भुमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell