PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रदेश १ का वन मन्त्री शेखरचन्द थापाको निधन



प्रदेश १ का वन मन्त्री शेखरचन्द थापाको निधन

विराटनगर : प्रदेश नम्बर १ का वन मन्त्री एवम् मोरङको क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ।

गत असोज २३ गते मनोनयन गरेको भोलिपल्टै न्यूमोनिया र डेङ्गुका कारण अस्पताल भर्ना भएका थापाको बुधबार विराटनगरको नोबेल अस्पतालमा निधन भएको हो।

थापा असोज २४ गते नोबेल अस्पतालमा भर्ना भएका थिए। नोबेलमा उनको अवस्था अझ गम्भीर भए पनि हेलिकप्टरमा काठमाडौँस्थित ह्याम्स अस्पताल लगेर भर्ना गरिएको थियो। ह्याम्सले उनलाई मंगलबार डिस्चार्ज गरेको थियो। उनी मंगलबार काठमाडौँबाट सिधै आएर विराटनगरको नोबेलमा भर्ना भएका थिए।

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा थापा लामो समयसम्म कोइरालाका स्वकीय सचिव थिए। थापाका श्रीमती र २ छोरा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell