PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

डोटी भूकम्पका दुई जना घाइतेलाई हेलिकप्टरमार्फत धनगढी ल्याइयो



डोटी भूकम्पका दुई जना घाइतेलाई हेलिकप्टरमार्फत धनगढी ल्याइयो

कैलाली : डोटीमा भूकम्पमा घाइते भएका दुई जनालाई थप उपचारका लागि धनगढी ल्याइएको छ। जिल्ला अस्पताल डोटीले दुईजना गम्भीर घाइतेको जिल्लामा उपचार सम्भव नभए पछि धनगढी रेफर गरेको हो।

उनीहरूलाई नेपाली सेनाको हेलिकप्टर मार्फत धनगढी ल्याइएको छ। घाइतेको उपचारमा संलग्न जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन श्रेष्ठले पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्सिया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रेफर गरिएको बताए।

उनका अनुसार चनाको छातीमा हावा जमेको, चार वटा करङ भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ। उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो। घाँटीका हड्डी भाँचिएकोले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठले बताए।

यस्तै बिष्नाको हात भाँचिएको छ। अन्य घाइतेहरूको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell