
निर्वाचन संघारैमा छ। बलबुता लगाएर उम्मेदवारहरु मत माग्दै मतदाताका घरदैलो गरिरहेका छन्। मत तान्न भ्याएसम्मका रणनीति चलिरहेकै छ। पहिलेका कुरा 'सम्झिने पानी छम्किने' भइरहेकै छ। जित्ने टिप्स र जितेपछिका लागि पनि टिप्सहरुको ओइरो नै छ। किनकि चुनाव कसलाई नलागेको छ र?
टन्नै खर्च गरेर सांसद बनेकाहरुले मतदातासँग गरेका वाचा पूरा गरेका भए आलोचना कमै हुन्थ्यो। यसपाला पनि निर्वाचन परिणामपछि लुटतन्त्र र कमिशनतन्त्र नै कायम रहला भन्ने चिन्ता मतदातामा पर्नु के ठूलो कुरा भयो र!