दुई पक्ष बिच भिडन्त। नेतामाथि आक्रमण। कार्यकर्ता बिचको झडप। यस्ता घटना यसपाला धेरै नआएकाले हुनसक्छ - चुनाव चुनावजस्तो भएन। पहिलेका चुनावमा कुटाकुट र गोदागोद सामान्य थियो। यसपाला शून्य बन्ला भन्ने थियो। तर, भएन। जे हुन्छ - चितवनमा हुन्छ। प्रचार अभियानमा गाडीको सिसामाथि ढुङ्गा बर्साइहाले।
चुनाव न हो, हतकण्डा त कति कति ! ढुंङ्गा हान्ने भन्दा खानेलाई फाइदा ! त्यसैले ढुङ्गा हान्न उक्साउने पनि कम छैनन्। हान्नेहरु पनि कम छैनन्। भाडामा हान्न लगाउनेहरु पनि हुन सक्छन्। जित हारको नजिक पुगेपछि त झन् कति देख्नुपर्ने हो यस्ता खबर। कि कसो?