
मत त हाल्नै पर्यो। कति ठाउँमा आफूले चाहेको दलमा मत हाल्ने ठाउँ नै छैन। गठबन्धन छ - सत्तारुढको अनि प्रतिपक्षीको पनि। उम्मेदबार भागबन्डामा भएपछि मत नआउला भन्ने चिन्ता उत्तिकै। नेपालका नेता र दल उस्तै हुन् - विश्वास नै गर्न कठिन। आफ्नै भनेका गठबन्धनले भोट नदेलान् भन्ने उल्कै चिन्ता। चुनावी नतिजाले आलु र प्याज कसले मत पाउँछन् पत्तो छैन। आलु प्याज बाहेक पनि सब्जी धेरै छन् मत हाल्नका लागि। त्यसैले अहिलेलाई यतिमात्र भनौं - राम्रालाई मत हालौं।