PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

धनगढीमा विद्यार्थीमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार, निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने १४ जना पक्राउ



धनगढीमा विद्यार्थीमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार, निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने १४ जना पक्राउ

कैलाली : धनगढीमा विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेका छन। प्रहरीले विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि ८ सेल अश्रुग्यास पनि प्रहार गरेको छ।

हिजो पञ्चोदय माध्यामिक विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदको ग्रेडरले कुल्चिँदा मृत्यु भएको थियो। त्यसपछि विद्यार्थीहरूले हिजोबाटै प्रदर्शन गरेका थिए। उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका थिए।

प्रदर्शन नियन्त्रणमा लिन स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरेको थियो। तर पनि आज बिहानैबाट विद्यार्थीले विद्यालय पोसाकमै प्रदर्शन गरेका छन्।

आज बिहानै देखि विद्यार्थीहरुले प्रदर्शन गरेपछि प्रहरी पनि आक्रमक शैलीमा प्रस्तुत भएका छन्। प्रदर्शनमा उत्रिएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell