PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हामी सबै प्रधानमन्त्री !



रवीन्द्र मानन्धर

हामी सबै प्रधानमन्त्री !

निर्वाचनपछि अहिले दलहरु सरकार गठनको विषयमा छलफल गर्न थालेका छन्। कुनै पनि दलसँग सरकार गठनका लागि स्पष्ट बहुमत नहुँदा गठबन्धन सरकार बन्ने निश्चित छ। त्यसैले त प्रतिनिधिसभामा सिट संख्या पुर्‍याउन ठूला र साना दलहरु छलफल गरिरहेका छन्। सिट मात्र पुर्‍याएर भएन, सत्ताको कमान्ड कसले सम्हाल्ने? सबैको आआफ्नो दाबी छ। नेपाली कांग्रेसभित्रै प्रधानमन्त्रीको दाबी पेस गर्नेको लिस्ट लामो छ। प्रचण्डदेखि केपी शर्मा ओली पनि सिंहदरबारको कुर्सीमा पुग्ने आकांक्षामा छन्। राजेन्द्र लिङ्देन, रवि लामिछाने, सिके राउत नेतृत्वको पार्टी पनि कुर्सीको खेलमा कसको पक्षमा उभिनेछन्, समयले बताउनेछ नै! त्यसैले यसपटक संसदीय राजनीति क्यासिनोमा जुवा खेले सरी झै नहोला भन्न सकिन्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell