PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

जबरालाई सर्वोच्चको 'रेड कार्ड'



रवीन्द्र मानन्धर

जबरालाई सर्वोच्चको 'रेड कार्ड'

बालुवाटारबाट सिधै रामशाह पथमा गोल हान्ने तरखरमा थिए निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा। महाअभियोग सामना गरिरहँदा महिनौं सरकारी निवास भित्रै बस्न बाध्य भएका उनी केही दिनमा अवकाश पाउँदैछन्। अवकाश पाउनुअघि आफ्नो लागि बन्द भएको मैदानमा पस्ने र गोल गर्ने उनको चाहना थियो। जसमा संघीय संसदका महासचिव भरतराज गौतमले रेफ्रीको भूमिका निर्वाह गर्ने प्रयास गरे। गौतमको पत्रले जबराको मैदानमा पस्ने चाहनालाई सघाउन अहम भूमिका खेल्यो।

तर, मैदानमा खेलाडीहरुको कमी कहाँ हुनु! अनि मैदानमा खेलाडीहरुलाई 'कन्ट्रोल' गर्ने 'रेफ्री' त्यसै चुप लागेर बस्ने कुरा पनि त भएन। त्यसैले नेपाल बार एसोसिएनदेखि सर्वोच्चको फूलकोर्ट र सरकारले समेत जबराको इच्छा पूरा हुन दिएन। आज सर्वोच्च अदालतको संवैधानिक इजलासले जबरालाई मैदान प्रवेश गर्न नपाउँदै अन्तरिम आदेशको 'रेड कार्ड' देखाइदियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell