PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्तिम मिनेटको पेनाल्टी, किप्पर फेरि आफ्नै टिमका?



रवीन्द्र मानन्धर

अन्तिम मिनेटको पेनाल्टी, किप्पर फेरि आफ्नै टिमका?

कतारमा जारी फुटबल वर्ल्डकप सेमिफाइनल चरणमा पुग्दा नेपालको निर्वाचन भने फाइनल भइसकेको छ। निर्वाचनको परिणाम आएसँगै नयाँ सरकार बनाउने रस्साकस्सीमा लागिसकेका छन् दलहरु।

यही भाँडभैलोमा नयाँ संसदलाई नपर्खी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ संशोधनका लागि अध्यादेश ल्याएको छ।

गठबन्धन सरकारको अन्तिम समयमा देउवा सरकारले टीकापुर घटनाको आरोपी रेशम चौधरीलाई छुटाउन यो अध्यादेश ल्याएको हो। कुनै बेला ओली सरकारले ल्याएको अध्यादेशको चर्को विरोधमा उत्रन्थे देउवा।

उनै देउवाले अहिले आफ्नो सरकारको जारी म्याचको अन्तिम मिनेटमा अध्यादेश ल्याएका छन्। फुटबलमा पेनाल्टी पाएपछि पनि एकपटक भीएआर जाँच हुन्छ। अहिले अध्यादेश त्यसैगरी राष्ट्रपति कार्यालयमा भीएआर जाँचको क्रममा छ।

प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मौन छन्। तर, कांग्रेसभित्रै भने यसको चर्को विरोध छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अध्यादेश गलत भन्दै 'सुटआउट' रोक्न उत्रिसकेका छन्। राष्ट्रपति कार्यालयबाट भीएआर जाँच पास भएर देउवाले पेनाल्टी पाए – गगन विश्वले कसरी रोक्ने हो त्यो भने हेर्नै बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell