PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

डोरी तानातान, लड्यौ जानाजान!



रवीन्द्र मानन्धर

डोरी तानातान, लड्यौ जानाजान!

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिँदै गर्दा सँगै उभिएर मनोनयन दर्ता गराउँदै थिए सभापति शेरबहादुर देउवा पनि। मनोनयनपछि आफ्नो पक्षमा माहोल बनाउन गगन रातिसम्मै खटे। तर देउवा भने चुपचाप फर्के बालुवाटार।

प्रचारमा पनि उत्रेनन् देउवा। सरकारी निवासबाट मत हाल्नेबेलामात्रै सिंहदरवार निस्किए। मतपरिणाम आउँदा देउवाको पक्षमा ६४ र गगनको पक्षमा २५ आयो। निर्वाचित हुनसाथ देउवा बालुवाटार नै फर्के। बालुवाटारमा प्रधानमन्त्रीको कूर्सीमा बस्दै देउवाले सायद गगनलाई मनमनै भन्दै होलान् : जानाजान लड्यौ हैन त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell