PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रचण्डको पालो कहिले?



रवीन्द्र मानन्धर

प्रचण्डको पालो कहिले?

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा गठबन्धनबाट पनि प्रधानमन्त्रीको आकंक्षी थिए। तर आलोपालोको कुरा आउनेबित्तिकै गठबन्धनमा खटपट आयो – नेकपा तीन टुक्रा भयो। माधव नेपाललाई साथमा लिएर प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको कुर्सी थमाए। पाँच दलीय गठबन्धनबाट प्रचण्ड पुन: प्रधानमन्त्रीका आकंक्षी छन्। 

तर, कांग्रेसले प्रधानमन्त्री छाड्ने छनक नदेखाएपछि प्रचण्डले घुर्की देखाउन थालेका छन् – आलोपालोबारे सहमति भएकै हो भनेर। यही मेसोमा शपथपछि नयाँ बानेश्वरमा एमाले अध्यक्ष ओलीले प्रचण्डसँग कानेखुसी गरेका थिए। कतै ओलीले प्रधानमन्त्रीको अफर त गरेका हैनन्? अहिले धेरैको चासोको विषय बनेको छ। तर आलोपालो भन्दै आएका प्रचण्डको हातमा यसपटक के पर्ने हो खै?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell