PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

देउवा र प्रचण्डबीचको छलफल निष्कर्षविहीन, प्रधानमन्त्रीमा दुबैको दाबी यथावत



देउवा र प्रचण्डबीचको छलफल निष्कर्षविहीन, प्रधानमन्त्रीमा दुबैको दाबी यथावत

काठमाडौंः प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले दिएको पहिलो पटकको समयसीमा सकिन लाग्दा सत्ता गठबन्धनको पावर सेयरिङको हिसाब मिलेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच को पहिले प्रधानमन्त्री बन्ने भन्ने विवाद छ।

शुक्रबार पनि दुई नेताबीच पावर सेयरिङ लगायतमा छलफल भएको छ। बालुवाटारमा भएको छलफल सकरात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न सकेन। शनिबार पुनः बस्नेगरि छलफल टुंग्याइएको छ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफल सकरात्मक भए पनि निर्षकर्षमा नपुगेको बताए।

सरकारको नेतृत्वमा देउवा र प्रचण्ड दुबैको दाबी यथावत छ। राष्ट्रपतिले दिएको सात दिनको समय भने आइतबार सकिँदैछ।

बिहीबार पनि देउवा-प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell