गृह मन्त्रालय सम्हालेपछि देशको शान्ति सुरक्षादेखि प्रहरी प्रशासनसम्मको विषयले रवि लामिछानेलाई व्यस्त बनाउने नै छ। त्यसभन्दा ठूलो मुद्दा हो - उनकै नागरिकता र राहदानी विवाद। यी दुवै विषयको अनुसन्धान गर्ने मन्त्रालय गृह नै हो।
अब उनले आफूमाथि लागेको मुद्दा निस्तेज पार्लान्? या उनको विषयमाथि गृह मन्त्रालयले छानबिन अगाडि बढाउँला? नैतिकता र आदर्शको गफ भट्याएर स्थापित गृहमन्त्रीको लामिछानेको जटिल परीक्षा अब शुरु भएको छ।