PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

खुल्लामञ्चलाई 'अकुपाइ' गरेर पार्किङ बनाइहालौं त !



रवीन्द्र मानन्धर

खुल्लामञ्चलाई 'अकुपाइ' गरेर पार्किङ बनाइहालौं त !

काठमाडौं महानगरमा खुल्ला ठाउँ देखिन गाह्रो भइसक्यो। भएको एउटा खाली ठाउँ टुँडिखेलमा राणाशासनदेखि राज्यले आँखा लगाउँदै आएको छ। अहिले स्थानीय सरकार पनि टुँडिखेल मास्न उद्दत छ। विद्यासुन्दर शाक्य होस् कि बालेन्द्र शाह सबैको नजर टुँडिखेलमा छ। उहिले बसपार्क र व्यापारिक स्थल बनाउने प्रयास भएको थियो टुँडिखेल अन्तर्गत कै खुल्लामञ्चलाई। अहिले त्यही खुल्लामञ्चलाई पार्किङस्थल बनाउन महानगर लागेको छ। भलै अहिले महानगरले डिपिआर नभइ सम्भावयता अध्ययन गर्ने भनेर कुरा फेरेको छ। टुँडिखेल खुल्ला हुनुपर्ने माग स्थानीयको छ। त्यसैको लागि अकुपाइ टुँडिखेल अभियान सुरु भएको छ। त्यो बेला शाक्यले स्थानीय र अभियन्तालाई भेटेनन्, अहिले बालेन उनीहरुलाई टारिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell