PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कहिले 'लभ' कहिले 'ब्रेकअप'



रवीन्द्र मानन्धर

कहिले 'लभ' कहिले 'ब्रेकअप'

राजनीतिमा मित्र र शत्रु स्थायी हुँदैनन्। केहीदिन अघि शेरबहादुर देउवासँग असन्तुष्ट हुँदै गठबन्धनबाट छुटिएका थिए प्रचण्ड। र, आफूले गाली गर्दै हिँडेका केपी शर्मा ओलीको साथ लिन पुगे उनी। नेपाली राजनीतिमा यी तीन नेताबिच समयसमयमा गठबन्धन बन्ने र भत्किने गर्छ। प्रेम र आक्रोश सदन र सडकमा छताछुल्ल हुन्छ यी नेताबिच।

आज पनि उस्तै भयो। सदनमा आज केहीदिन अघि 'ब्रेकअप' भएका प्रचण्ड र देउवाको मिलन भयो। ओलीले प्रचण्डलाई साथ दिँदा देउवा पनि प्रचण्डलाई साथ दिन पुगे।

दुई ठूला दलका नेतासँग प्रचण्डको यो ' राजनीतिक प्रेम' कति दिन टिक्ने हो ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell