PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त, शपथग्रहण पुस २९ गते



सुमित मिश्र

सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त, शपथग्रहण पुस २९ गते

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

जसपाको मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यादवलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ। उनलाई स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहको समेत समर्थन रहेको छ ।

मधेश प्रदेशमा जसपाको १६ जना प्रदेशसभा सदस्य छन्। तेस्रो वरियतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ७, नागरिक उनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १-१ तथा ३ जना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित कुल ६३ जना प्रदेशसभा सदस्यहरुको समर्थन रहेको छ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिन्छ।

उनले मुख्यमन्त्रीको रुपमा पुस २९ गते शपथग्रहण गर्ने कार्यक्रम पनि तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell