PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण : भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता, अरु के निर्देशन दिए?



सुमित मिश्र

मुख्यमन्त्री सरोज यादवले गरे पदभार ग्रहण : भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकता, अरु के निर्देशन दिए?

जनकपुरधाम : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गरेका छ्न।

शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नवनियुक्त मुख्यमन्त्री यादवलाइ पद तथा गोपनियताको शपथ ग्रहण गराए लगत्तै उनी शहिदद्वार पुगेका थिए। त्यहाँ उनले शहिदको शालिकमा माल्यार्पण गरे। त्यसपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। 

पदभार ग्रहण गरे लगत्तै नवनियुक्त मुख्यमन्त्री यादवले मुलुकमा क्यान्सर भन्दा पनि ठुलो रोग भ्रष्टाचार भएकोले मधेश प्रदेशमा कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।

'प्रदेशको कुनै पनि कार्यालयमा भ्रष्टचार हुन नदिने प्रतिवद्धता जनाउँछु,' उनले भने।

त्यसक्रममा यादवले प्रमुख सचिव कृष्णबहादुर राउतलाई हरेक मन्त्रालयको मुल ढोका अगाडी गुनासो पेटिका राख्न समेत निर्देशन दिएका छन्।

उनले एक साता भित्रमा विश्वास मत लिने र मन्त्रि परिषद् पनि विस्तार हुने बताए।

पदभार ग्रहण लगत्तै मुख्यमन्त्री यादवले प्रदेशको 'इ-गभर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरेका छन। प्रदेशमा सरकारी सेवालाई प्रभावकारी बनाउन विद्युतिय संजालसँग जोड्ने गरि इ-गभर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell