
विमान पुरानो हुँदैमा त्यो उडानको लागि योग्न नै नहुने भन्ने हुँदैन। तर, त्यो विमान जति पुरानो हुँदै गयो त्यही अनुसार मर्मत सम्भार भने हुनुपर्छ। आवश्यकता अनुसार प्राविधिक पक्षको जाँच गरि जहाजलाई विस्थापित पनि गर्नुपर्छ। नेपालमा आन्तरिक उडान तर्फ उडिरहेका धेरै विमान विदेशका अरु विमान कम्पनीले प्रयोग गरेका छन्। जसको नियमित मर्मत र परीक्षण हुने गरेको छैन। पुरानो विमानलाई विस्थापित गर्दै नयाँ विमान ल्याउने प्रयास पनि भएको छैन। जसकारण नेपालको आकाश असुरक्षित बन्दै गएको भन्दै सरकारलाई यसबारेमा तत्काल अनुसन्धान गर्न दबाब बढ्दै गएको छ।