PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

रविको विरह



रवीन्द्र मानन्धर

रविको विरह

उपप्रधान एवम् गृहमन्त्री बनेको ३२ दिनमा रवि लामिछानेलाई गृह मन्त्रालय ‘विरह बन्यो’। नागरिकता विवाद मुद्दामा सर्वोच्चले उनको सांसद पद खारेज गरेसँगै भर्खरै सुरु भएको उनको राजनीतिक करियरको वियोग भयो। हुनत: उनलाई यो मुद्दाको फैसलाको भेउ नभएको पक्कै होइन होला। त्यसैले त सरकारमा सहभागी हुने र उपप्रधानमन्त्री सहित गृहमन्त्री बनेर ‘कन्फिल्कट अफ इन्ट्रेस्ट’ जोडिएको मन्त्रालयमा जाने उनको निर्णयको आलोचना भइरह्यो। सर्वोच्चको फैसलापछि आफू ‘अनागरिक’ बनेको प्रतिक्रिया दिएका रविसँगै ‍नागरिकता पुन: कायम गरेर राजनीतिमा फर्किने विकल्प खुला नै छ। त्यसैले रविले यो विरहबाट थप शक्ति हासिल गर्छन् भन्ने जमात पनि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell