PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मधेश प्रदेशको मन्त्रिमण्डल विस्तार माओवादीले गर्‍यो बहिस्कार!



सुमित मिश्र

मधेश प्रदेशको मन्त्रिमण्डल विस्तार माओवादीले गर्‍यो बहिस्कार!

काठमाडौं : केन्द्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन्। माओवादीको नेतृत्व भए पनि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायत ७ दलको समर्थन छ यो सरकारलाई।

केन्द्रमा नेतृत्व सम्हालेको माओवादी केन्द्रले मधेश प्रदेशको सरकार विस्तारमा भने बहिस्कार गरेको छ। जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले शुक्रवार मन्त्रिमण्डल विस्तार गर्दा माओवादीका कुनै सांसद सहभागी भएनन्।

मधेशमा माओवादीले २ वटा मन्त्रालय मागेको थियो। भागबण्डा नमिलेपछि मुख्यमन्त्री यादवले माओवादीलाई एउटा मन्त्री र एउटा राज्यमन्त्री दिएको थियो। जसका कारण माओवादीले मन्त्रिमण्डल विस्तार बहिस्कार गरेको बताइएको छ। यसो त माओवादीभित्रै कसलाई  मन्त्री बनाउने भन्ने विषयमा विवाद नसल्टिँदा अबेर भएको मन्त्रिमण्डल विस्तारमा प्रतिनिधि पठाउन नसकेको माओवादी स्रोतले जनायो।

६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ

शुक्रवार ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन्। जसमा सुरिता साहले सामाजिक विकास, महेश यादवले शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य, शत्रुध्नप्रसाद सिंहले गृह तथा संचार, मो. जैयद आलमले महिला बालबालिका युवा तथा खेलकुद, सिंगासन सा कलवारले खानेपानी तथा उर्जा र राजकुमार लेखीले कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा शपथ ग्रहण गरेका छन्।

यता सामाजिक विकास राज्यमन्त्रीमा शेष अबुल कलाम आजाद, गृह तथा संचार राज्यमन्त्रीमा केशव राय र भूमी,  वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा संजयकुमार यादवले शपथ ग्रहण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell