PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

फिल्म ‘जय हो’ मा केकी अधिकारी अनुबन्धित



फिल्म ‘जय हो’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं: फिल्म ‘जय हो’ मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकी छन्। फिल्मको मुख्य भूमिकाका लागि आइतबार केकी र फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतबीच सम्झौता भएको हो।

अब फिल्ममा केकी र सलोन बस्नेत जोडीको रुपमा देखिनेछन। टेक पौरखी राईको निर्देशन रहने फिल्ममा केकी र सलोनका साथै अर्पण थापा र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ।

सलोन सलिना ब्यानरमा निर्माण हुने फिल्मको कथा सुरेश न्यौपानेले लेखेका हुन। 

आगामी फागुन २५ गतेदेखि सुरु हुने फिल्मको छायाङ्कन काठमाडौं, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा गरिने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell