PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

प्रश्नैप्रश्नको प्रहार



रवीन्द्र मानन्धर

प्रश्नैप्रश्नको प्रहार

रवि लामिछाने जब संचारकर्मी थिए उनी सिधा प्रश्न गर्थे। सुरुमा प्रधानमन्त्रीलाई सिधा प्रश्न सोधेर सुरु भएको उनको यात्रा अघि बढ्दै गयो। अनि जनतासँग सिधा कुरा गर्न थाले उनी। जनताको प्रश्न सोध्ने भनेर उनले टेलिभिजनमा कार्यक्रम प्रशारणको शैली नै फेरे। उनै लामिछाने अहिले उनी संचारकर्म छाडेर राजनीतिमा लागे पछि भने बढ्लिएका छन्। 

नागरिकता र राहदानी विवादमा मुछिएका उनीमाथि बनेका मिडिया कन्टेन्टप्रति उनले आक्रोश व्यक्त गरेका हुन्। मिडियाले सिधा प्रश्न सोध्दा रवि 'मिडिया इथिक्स' खोज्दै आरोपप्रत्यारोपमा उत्रिएका छन्। पत्रकार, सम्पादक र मिडिया संचालकमाथि हमला गरेका उनको शब्दहरुको अहिले आलोचना भइरहेको छ। उनले आरोप लगाएका पत्रकार र मिडिया संचालकले उल्टै रविलाई नै आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell