PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

चिकित्सक कुटपिट गर्दा निलम्बन!



रवीन्द्र मानन्धर

चिकित्सक कुटपिट गर्दा निलम्बन!

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम सम्बोधन गरिन् संघीय सदनको संयुक्त बैठकमा। उनको सम्बोधन कार्यक्रमलाई मध्यनजर गर्दै काठमाडौंका सडकहरुमा गाडी गुड्न देखि मान्छे हिँड्न समेत रोक लगाइएको थियो केही समय। त्यति नै बेला वीर अस्पतालका एक चिकित्सकमाथि प्रहरीले हातपात गर्‍यो। सवारीका बेला सडकमा हिँडेको भन्दै प्रहरीले चिकित्सकलाई कुटेपछि वीर अस्पताल बाहिर चिकित्सक र प्रहरीबिच घम्साघम्सी नै पर्‍यो। विरोधमा आज नेपाल चिकित्सकले भने देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ।

यता, प्रहरीले भने सो घटनामा संलग्न भएको भन्दै एक वरिष्ठ हवलदारलाई निलम्बन गरेको छ। तर सामाजिक संजालमा भने निलम्बित हवलदारले ‘माथिको आदेश’ पालना गरेको भन्दै ‘सवारी सिस्टम’ सुधार हुनुपर्नेमा जोड दिएका छन्। घटनामा चिकित्सकमाथि हातपात एकजनाले मात्र नगरेको भन्दै 'सिस्टम' सुधार हुनुपर्नेमा माग उठिरहेको छ। घाइते चिकित्सकले पनि निलम्बित हवल्दारलाई  बलीको बोको नबनाइयोस् भनेर आग्रह गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell