PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माछो, माछो …



रवीन्द्र मानन्धर

माछो, माछो …

निर्वाचनको जनमतले माओवादीलाई तेस्रो दल बनायो। पहिलो दल नेपाली कांग्रेसभन्दा झन्डै तेब्बर सानो। दोस्रो एमालेको साइज पनि संसदमै ठुलै छ।

तर यही खुम्चिएको माओवादीको रजगज छ अहिले। प्रधानमन्त्रीका लागि बालुवाटार - बालकोट कुदेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिको निर्वाचन नजिकिँदा भने शक्तिशाली भइसकेका छन्।

अहिले सबैभन्दा ठुलो दलका सभापति शेरबहादुर देउवा र दोस्रो ठुलो दलका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिमा 'मेरै गोरुको बाह्रै टक्का' गरिरहेका छन्। प्रचण्ड पनि के कम – राष्ट्रपतिको कुर्सी देखाएर दुबै नेतालाई 'माछो, माछो …' गरिरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell