PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

धनुषाको राजदेवी मन्दिरमा फेरि चोरी, सीसीटीभी क्यामेरामा देखियो यस्तो दृश्य



सुमित मिश्र

धनुषाको राजदेवी मन्दिरमा फेरि चोरी, सीसीटीभी क्यामेरामा देखियो यस्तो दृश्य

जनकपुरधाम : धनुषाको एक प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएका छन्। जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको राजदेवी मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै सामान चोरी भएको हो।

शनिवार मध्यरातमा मन्दिरपछाडिबाट पसेका व्यक्तिहरुले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए। हतियारसहित आएका उनीहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन्।

मन्दिरबाट चोरी गरिरहेको भिडियो भने क्यामेरामा कैद भएको छ। भिडियोमा चोरीमा संलग्नहरूले अनुहार छोपेको देखिन्छ।

मन्दिर र सीसीटीभी पनि तोडफोडका कारण क्षति बढेको छ। यस मन्दिरबाट यसअघि चार पटक मूर्ति चोरी भइसकेपनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन। पुजारी यादवले प्रहरीको कमचोरीकै कारण पटक-पटक चोरी भएको आरोप लगाउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell