PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

ऐया! एकैपटक पाँच हजारकै घन



रवीन्द्र मानन्धर

ऐया! एकैपटक पाँच हजारकै घन

द्वन्द्वकालमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने आफ्नै अभिव्यक्तिको पासोमा परेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तीन वर्षअघिको सार्वजनिक स्वीकारोक्तिलाई लिएर मुद्दा दर्ताको आदेश सर्वोच्चले गत शुक्रबार दिएसँगै प्रचण्डको चैन खोसिएको छ। यसबीचमा प्रचण्डले टुटेफुटेर आठ टुक्रा भएका पूर्वसहकर्मीलाई एउटै मञ्चमा उतारेका छन्। निकट संगठनलाई बचाऊमा लगाएका छन्। तर, संकट निवारण हैन मंगलबारदेखि झनै गहिरिएको छ। पक्राउको समेत आदेश माग भएका दुई रिट मंगलबार दर्ता भएका छन्। बेला बेलामा आफ्नै बोलीले विवादमा पर्दै आएका प्रचण्ड तीन वर्षअघिको बोलीले फेरि समस्यामा परेका हुन्। सर्वोच्चले प्रचण्डको टाउकोमा एकैपटक पाँच हजारको घन बजारेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell