PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

तिमीसँग फेरि लभ पर्‍यो!



रवीन्द्र मानन्धर

तिमीसँग फेरि लभ पर्‍यो!

राजनीति सम्भावनाको खेल हो। कुन बेला कुन पार्टीको कुन अर्को पार्टीसँग मिलन हुन्छ वा विछोड हुन्छ, यकिनका साथ भन्न सकिन्न। नेपाली राजनीतिमा पनि यहि प्रवृत्ति हावी छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले करिब दुई महिनामा नै आफ्नो कित्ता फेरे। नेपाली कांग्रेसको गठबन्धन छाडेर हिँडेका प्रचण्ड नेकपा एमालेका अध्यक्ष ओली कहाँ पुगेका थिए। अब फेरि उनै प्रचण्ड ओलीको साथ छाडेर कांग्रेससँग गठबन्धन गर्न पुगेका छन्।

प्रचण्डले फेरि शेरबहादुर देउवा कहाँ पुगेको कारण हिजो खुलाएका थिए। आफ्नो लागि शान्ति, संविधान, लोकतन्त्र र गणतन्त्रका प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रचण्डले कांग्रेससँग यही एजेन्डाका कारण लभ परेको तर्क गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell