PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

मधेश प्रदेशमा एमाले सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन भने कायमै



सुमित मिश्र

मधेश प्रदेशमा एमाले सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन भने कायमै

जनकपुरधाम : मधेश प्रदेश सरकारमा नेकपा (एमाले)बाट मन्त्री रहेकाहरुले आज राजीनामा दिएका छन्। एमालेबाट सरकारमा सहभागी चारजना मन्त्री र एकजना राज्यमन्त्रीले आज मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री यादवले पाँचैजना मन्त्रीको राजीनामा स्वीकृत गरि उनीहरुले सम्हालेका मन्त्रालयको कार्यविभाजनसमेत गरेका छन्। एमालेले सरकारले दिएको समर्थन भने फिर्ता नलिने जनाएको छ।

एमाले मधेश प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिएको जानकारी दिए।

उनले सोमवार राति मुख्यमन्त्री यादवले फोन गरेर आफूहरुलाई राजीनामा दिन भनेपछि सरकारबाट बाहिरिएको बताए। केन्द्रमा एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई सरकारबाट हटाउन चाहेका थिए। तर, बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने आशमा उनी मौन बसेका थिए।

तर, सो क्षेत्रबाट सोमवार एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले समेत उम्मेदवारी दर्ता गराएपछि मुख्यमन्त्री यादवले एमालेबाट सहभागी मन्त्रीहरुलाई सरकार छोड्न निर्देशन दिएका थिए।

मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell