PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

यो त इन्साफ भएन जनाब!



रवीन्द्र मानन्धर

यो त इन्साफ भएन जनाब!

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने एक गिरोहमाथि अहिले छानबिन जारी छ। छानबिनको प्रक्रिया जारी रहँदा अनसन्धानको लहरो नेताकै घरदैलोसम्म पुगिसकेको छ। राजनीतिमा जस्तै आपराधिक कार्यमा पनि सर्वदलीय संलग्नता भएका प्रारम्भिक अनुसन्धानले नै देखाइसकेको छ। तर, दलीय छत्रछायामा अपराध कर्ममा संलग्नहरुले छहारी पाइरहेका छन्। ठिक यसै बेला मुलुकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको छ। अरुका नामबाट परीक्षा दिनेहरु धमाधम समातिएका छन्। नक्कली नागरिक नै खडा गराइएका बेला नक्कली परीक्षार्थीमाथि मात्र धरपकड हुनुलाई उनीहरुले भने इन्साफ नभएको मानिरहेका छन्। यी दुबै घटना गलत छन्। तर, आफूमात्रै समातिँदा नक्कली परीक्षार्थी भनिरहेका छन्, यो त इन्साफ भएन जनाब!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell