PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

२०७९ मा आएन कोर एरिया, २०८० मा भेटिएला कोर टिम?



रवीन्द्र मानन्धर

२०७९ मा आएन कोर एरिया, २०८० मा भेटिएला कोर टिम?

२०७९ सालको सुरुवातमा नै कोर एरिया निकै चर्चामा रह्यो। काठमाडौं महानगरपालिका प्रमुखमा भिडेका केशव स्थापितको कोर एरिया कहिल्यै आएन। अन्तत: बालेन महानगर प्रमुखमा निर्वाचित भए। यही वर्ष अर्थमन्त्री रहँदा जनार्दन शर्माको चर्चा पनि अत्याधिक भयो। सिंहदरबारभित्रै बाट सीसीटिभी फुटज फेला परेन। वर्षको अन्त्यमा भने 'कोर' शब्द फेरि चर्चामा रह्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको 'कोर टिम'ले रकम मागेको भन्दै त्यही पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले बार्गेनिङ गरेको अडियो सार्वजनिक भयो। रास्वपाले ढाकाकुमारलाई कारवाही गर्‍यो तर कोर टिम बारे केही बोलेन। मानिसहरु कोर टिम कोर एरिया जस्तै त नहोला भन्दै थिए। त्यही बेला उल्टै रविले सोधे : कोर टिम भनेको के हो ?

२०८० मा कोर टिमको रहस्य बाहिर आउँला कि कोर एरिया र सीसीटिभी फुटेज प्रकरण जस्तै होला! 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell