PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

बारा २ मा यस्तो देखियो उपनिर्वाचनको दृश्य

बारा २ मा यस्तो देखियो उपनिर्वाचनको दृश्य

सुमित मिश्र/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा बारा क्षेत्र नम्बर २ मा आज उपनिर्वाचनका लागि मतदान भइरहेको छ। गत मंसिरमा भएको निर्वाचनमा यस क्षेत्रबाट जनता समाजवादी पार्टीबाट रामसहाय यादव निर्वाचित भएका थिए। यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि यहाँ उपनिर्वाचन भइरहेको हो। 

मतदानका लागि बिहानैदेखि मतदाताहरु लामबद्ध छन्। दिउँसो अत्याधिक गर्मी हुने हुँदा बिहानै मत हाल्न मतदाताहरु लाइनमा बसेका हुन्।

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र एमालेका पुरुषोतम पौडेलबिच मुख्य प्रतिस्पर्धा हुनेछ। यादवलाई गठबन्धनको साथ छ।

बारा २ मा ८२ मतदानस्थल अन्तर्गत १३७ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ। ८२ मध्ये ६५ मतदानस्थल उच्च जोखिममा तथा १७ वटा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell