PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बारामा जसपाका नेतासँग भेटियो दुई वटा मतपत्र, मतदानस्थल तनावग्रस्त

बारामा जसपाका नेतासँग भेटियो दुई वटा मतपत्र, मतदानस्थल तनावग्रस्त

सुमित मिश्र/पहिलोपोस्ट


बारा : उपचुनावमा मतदान जारी रहेको बेला एक जनासँग दुई वटा मतपत्र फेला परेपछि मतदानस्थल तनावग्रस्त बनेको छ। बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरपाती जब्दीमा रहेको मतदान केन्द्रमा एक जनासँग दुई वटा मतपत्र फेला परेको हो।

मतदानस्थलमा दुई वटा मतपत्र बोकेको व्यक्ति जनता समाजवादी पार्टीका रामसागर यादव भएको प्रहरीले जनायो। जिल्ला समन्वय समितिका सदस्यसमेत रहेका यादव अहिले प्रहरीको नियन्त्रणमा छन्। यादवसँग दुई वटा मतपत्र फेला परेसँगै यो मतदान केन्द्र अहिले तनावग्रस्त बनेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell