PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

बारामा निर्वाचन हेर्न पुगेका सीके राउत प्रहरीको घेराबन्दीमा



सुमित मिश्र

बारामा निर्वाचन हेर्न पुगेका सीके राउत प्रहरीको घेराबन्दीमा

काठमाडौं : उपनिर्वाचनमा आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन बारा पुगेका जनमत पार्टीका अध्यक्ष डा सीके राउतलाई केही समय प्रहरीले घेराबन्दीमा राखेको छ। बारा २ मा आफ्नो पक्षका उम्मेदवारलाई जिताउन खटेका राउतलाई बाटोमै प्रहरीले रोकेपछि उनी आक्रोशित बनेका छन्। 


पचराैता नगरपालिका वडा ७ बेनाैलीमा उनलाई प्रहरीले केहीबेर सोधपुछ गरेको थियो। 'प्रहरीको मिलेमतोमा गुण्डाराज चलिरहेको छ। दिनदहाडै मान्छे मार्छु भन्दा प्रहरीले केही गरेको छैन। मुख्यमन्त्रीदेखि मन्त्रीहरु खुलेयाम हिँडिरहेका छन्। तर मलाई रोकिराखेको छ। खेतको बिचमा मलाइृ रोक्न खोज्य छ,' राउतले भने। आफू अनुमति लिएरै निर्वाचन क्षेत्रमा गए पनि प्रहरीले निर्वाचन आयोगलाई फेरि अनुमति माग्न लगाएको गुनासो गरे।


निर्वाचनको समयमा राउतले जत्था लिएर हिँडेकोले सोधपुछ गरेको प्रहरीले जनायो। इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार भिड लिएर हिँडेकोले केही समय सोधपुछ गरिएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell