PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ठूल्ठूला माछा - झ्याप झ्याप झ्याप !



रवीन्द्र मानन्धर

ठूल्ठूला माछा - झ्याप झ्याप झ्याप !

प्रचण्ड यतिखेर मख्ख छन्। उनको ढडियामा माछा थपिँदो छ। पक्का माझी भएका छन् नारायणकाजी। भ्रष्टाचारमा सधैं साना माछामात्र पर्ने आरोप छँदैछ। यसापाला भने एक से एक समातिँदैछन्। सचिवदेखि मन्त्रीसम्म तानिएका छन्। प्रचण्ड मख्‍ख पर्नु स्वभाविक नै हो। उनको दल बाहेकका छन् समातिएका माछा। कांग्रेसका नेता बालकृष्ण खाड बल्छीमा परिसके। एमालेका टोपबहादुर रायमाझी बल्छीमा पर्नुअघि नै उम्किए। कहिलेसम्म उनी उम्किने हुन् पत्तो नाई। मानव तस्करीमा सिंगो प्रशासन संयन्त्र र एक से एक नेता जोडिएका छन्। माछा पर्ने र मार्ने क्रम कतिन्जेल चल्छ पत्तो छैन। कति माछा पर्ने हुन् त्यो पनि अनिश्चित छन्। पक्राउ परेका पनि फुत्किने हुन् कि ! चिन्ता पनि छ। तर अहिलेलाई ताली - ठूल्ठूला माछा समातेकोमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell