PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

माओवादी मधेशप्रदेश सरकारबाट बाहिरियो, कांग्रेसबाट मन्त्री बन्नेहरुको शपथ आजै



सुमित मिश्र

माओवादी मधेशप्रदेश सरकारबाट बाहिरियो, कांग्रेसबाट मन्त्री बन्नेहरुको शपथ आजै

जनकपुर : नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मुख्यमन्त्री बनेका सरोज यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने भएपछि माओवादी बाहिरिन लागेको हो।

जनता समाजवादी पार्टीबाट  मुख्यमन्त्री बनेका यादवले कुनै पनि छलफल नगरी सरकार गठन गर्ने तयारी गरेपछि  माओवादी आक्रोशित भएर प्रदेश सरकारबाटै बाहिरिने निर्णय गरेको हाे ।

माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरत कुमार साहले जानकारी दिएका छन्।

यादवले आजै कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र कुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरि सरकारमा सहभागी गराउन लागेका छन्। उनीहरूकाे शपथकाे लागि जनकपुर स्थित मधेश भवनमा तैयारी समेत पूरा भईसकेकाे छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell