PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मधेश प्रदेशका मुख्यमन्त्रीले खोसे जनमत पार्टीको कृषि मन्त्रालय, कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीहरुले लिए शपथ



सुमित मिश्र

मधेश प्रदेशका मुख्यमन्त्रीले खोसे जनमत पार्टीको कृषि मन्त्रालय, कांग्रेस र एकीकृत समाजवादीका मन्त्रीहरुले लिए शपथ

जनकपुर : मधेश प्रदेश सरकारमा तीनजना मन्त्री थपिएका छन्। मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद विस्तार गरेका हुन्।

उनले कृष्ण प्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री, गोविन्द बहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र विरेन्द्र प्रसाद सिंहलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका छन्। नवनियुक्त मन्त्रीहरुले आजै मधेश भवनमा शपथ ग्रहण पनि गरेका छन्।

यादव र सिंह नेपाली कांग्रेसबाट मन्त्री भएका हुन् भने न्यौपाने एकीकृत समाजवादीबाट मन्त्री भएका हुन्।

मुख्यमन्त्री यादवले जनमत पार्टीलाई दिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिएको हो। जनमत पार्टीबाट बसन्त कुशवाह मन्त्री थिए। मुख्यमन्त्रीले मन्त्रालयले खोसेपछि जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ। अहिले जनमत पार्टीको बैठक बसिरहेको छ।

यता, कांग्रेस र एकीकृत समाजवादीलाई छलफलबिना नै मन्त्री बनाएको भन्दै नेकपा माओवादी केन्द्रले भने यसअघि नै सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell