PahiloPost

Oct 29, 2025 | १३ कात्तिक २०८२

​भारतीय मिडियाको आँखामा पनि पर्‍यो #BackOffIndia



​भारतीय मिडियाको आँखामा पनि पर्‍यो #BackOffIndia

काठमाडौँ : ट्विटरमा मंगलबार मध्याह्नदेखि हुन थालेको #BackOffIndia  मा भारतीय मिडियाको पनि आँखा परेको छ।

भारतीय प्रतिक्रियाबाट असन्तुष्ट नेपाली प्रयोगकर्ताहरुले सुरु गरेको यो ह्यासट्याग ट्विटरमा वर्ल्डवाइड ट्रेन्ड बन्न पुगेको हो। निश्चित समयमा एउटै ह्यासट्याग प्रयोग गरी धेरै ट्विट गरिएका ह्यासट्यागलाई ट्विटरले वर्ल्डवाइड ट्रेन्डमा देखाउने गर्छ।

भारतीय दैनिक हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा ‌मंगलबार दिउँसो यो बारे समाचार प्रकाशन भएको छ। नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको आरोपमा यो ट्रेन्ड सुरु भएको समाचारमा उल्लेख छ।

समाचारमा भारतका लागि नेपालका दुई पूर्व राजदूतको भनाई पनि उद्धृत गरिएको छ। भेषबहादुर थापा भन्छन्, ‘भारतको चासो म बुझ्न सक्छु तर उनीहरुले आन्दोलनरत दलहरुलाई प्रोत्साहन दिएको जस्तो देखिनु हुन्न थियो।‘

त्यसैगरी लोकराज बरालले भारतको प्रतिक्रियाले गत वर्ष नरेन्द्र मोदीले गरेका दुई नेपाल भ्रमणले पारेका सकारात्मक प्रभावमा असर पर्न सक्ने बताएका छन्। 

सम्बन्धित समाचार
ट्विटरमा #BackOffIndia वर्ल्डवाइड ट्रेन्ड



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell