PahiloPost

Jun 6, 2023 | २३ जेठ २०८०

ट्विटरमा #BackOffIndia वर्ल्डवाइड ट्रेन्ड



ट्विटरमा #BackOffIndia वर्ल्डवाइड ट्रेन्ड

काठमाडौं : नेपालको संविधान जारी भएकोमा छिमेकी मुलुक भारतले २४ घण्टामा दुई विज्ञप्ति निकालेर असन्तुष्टि व्यक्त गरेपछि नेपालीले माइक्रो ब्लगिङ ट्विटरमा आक्रोश पोखेका छन्।

ट्विटर प्रयोगकर्ताले #BackOffIndia ह्यासट्यागलाई वर्ल्डवाइड ट्रेन्ड बनाएका छन्। गत आइतबार संविधान घोषणा भएपछि भारतको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर भारतसँग सीमावर्ती क्षेत्रमा हिंसा भइरहेको प्रति आपत्ति जनाएको थियो।

लगत्तै २४ घण्टा पछि सोमबार साँझ अर्को विज्ञप्ति निकालेर भारतले सुरक्षामा प्रश्न उठाउँदै आन्दोलनको राजनीतिक समाधन खोज्न र आन्दोलन नरोकिए सामान नेपाल पठाउन अप्ठेरो हुने बताएको थियो।

सोमबार काठमाडौंमा सरकारले गरेको संविधान स्वागत कार्यक्रममा एमाओवादी अध्यक्षले भारतले जे अह्रायो त्यो मान्ने 'एस म्यान' नबन्ने बताएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell